झापा , बैशाख १० । झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा ३० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रको सब स्टेसनभित्र समस्या हुँदा दुई पालिकामा शनिबार बिहान ३ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईँका अनुसार सब स्टेसनभित्रको ११ केभी इनकर्भरमा समस्या आएको हो । समस्या आएपछि विराटनगरबाट प्राविधिक टोली बोलाएर मर्मत कार्य भइरहेको बताउँदै उनले भने, कहिले बन्ला भनी अहिले नै भन्न सकिँदैन, विद्युत् सुचारु गर्न अझै समय लाग्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्