झापा, बैशाख ११ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ७२९३ मत ल्याउँदै अग्रस्थानमा छन् ।

प्रतिस्पर्धीहरु कांग्रेस उम्मेदवार गोविन्द भट्टराई र एमाले उम्मेदवार सर्वेन्द्र खनालले पाएको मतभन्दा वाग्लेको मत धेरै हो ।

भट्टराईले ३२३४ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार खनालले २१३४ मत प्राप्त गरेका छन् । भट्टराई र खनालको मत जोड्दा ५३६८ हुन्छ जबकि वाग्लेले ७२९३ मत ल्याएका छन् ।तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्