झापा , बैशाख ११ । बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।

करैयामाई नगरपालिकामा मतगणना गर्दा यादवभन्दा कुशवाहले २९ मतले अग्रता लिएका हुन् ।
कुशवाहले ११४६ मत प्राप्त गरेका छन् भने यादवले १११७ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गरेका छन् । बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्