बिर्तामोड, बैशाख ११ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत ३१ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ।


बिर्तामोड वडा नम्बर ७ निवासी स्थानीय व्यवसायी विष्णुकुमार चुडाल ,आमा नरमाया चुडाललगायत चुडाल परिवारद्वारा स्थापित स्वर्गीय बुवा दधिराम चुडाल स्मृति छात्रवृत्तिद्वारा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। सोमबार विद्यालयमा आयोजित एक विशेष समारोहकाबीच एक लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गरिएको छ । सो विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।

विद्यालयमा स्थापित छात्रवृत्ति कोषबाट पूर्ण छात्रवृति पाउने विद्यार्थीहरुमा दावा तामाङ, जीवन खनाल, कृष्ण चिमरिया, रुपा ओझा,ममता ढुंगेल , कुरेसा खातुन, तन बिनय रेग्मी, पूर्णिमा माझी र रेश्मा मगर रहेका छन्। उनीहरुले जनही ६ हजार नगद प्राप्त गरेका छन्। यसैगरी अर्ध छात्रवृत्ति प्राप्त गर्नेहरुमा शान्ति उप्रेती, बिमला पाठक, सन्ध्या राई, रीता देवी चम्लागाँई, यादव चौहान ,मनिषा भट्टराई, विप्लव घिमिरे,तीर्थबहादुर श्रेष्ठ, रहिमा खातुन , आरती कटुवाल, राम मुर्मू, हिसिला मुर्मू , चन्द्र बहादुर कामी, कृतिका भट्टराई , सोनी राजवंशी प्रतिक श्रेष्ठ, दिपा बस्नेत , मातृका मगर, साइमा खातुन , साइबा खातुन, रेखा राजवंशी र प्रकाश खरेल रहेका छन्। उनीहरुले जनही रु ३ हजार प्राप्त गरेका छन्। उक्त छात्रवृत्तिका संस्थापक आमा नरमाया चुडाल र छोरा विष्णुकुमार चुडालले नगद तथा प्रमाणपत्र विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।
यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर ९ नडियाबारी निवासी स्वर्गिय रत्नबहादुर खड्काको स्मृतिमा स्थापित स्व. रत्नबहादुर खड्का स्मृति छात्रवृत्तिबाट दुई जना विद्यार्थीहरु पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरुमा बेनीमाया रेग्मी ले रु १० हजार प्राप्त गरेकी छन् भने सिर्जना भुजेलले रु ३ हजार प्राप्त गरेकी छन्। उक्त छात्रवृत्ति कोषका संस्थापक स्थानीय समाजसेवी काजी बुढाथोकीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


छात्रवृत्ति वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे ,विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटीले संस्थापकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थापकहरुको तर्फबाट विष्णुकुमार चुडाल , काजी बुढाथोकीले गरिब तथा जेहेन्दार विद्यार्थीहरुले पैसाको अभावमा अध्ययन गर्नबाट बन्चित हुनु नपरोस् भनेर उक्त छात्रवृत्ति स्थापना गरिदिएको बताए। कार्यक्रम विद्यालयका शिक्षक उमानाथ भण्डारीले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्