झापा, बैशाख ११ । झापामा बैंकिङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने ४० वर्षिय ढकबहादुर खवास रहेका छन् ।

उच्च अदालत पाटनको मिति २०७७ चैत १० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धाहरुमा खवासलाई एक दिन कैद , ३ लाख ४० हजार जरिवाना र पीडित राहत कोषमा १३ हजार ६०० क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सोमवार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्