झापा, बैशाख १२ । चितवन–२ मा उपनिर्वाचनको मतगणना जारी छ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित सुनिश्चित भएको छ। लामिछाने अहिले ३२ हजार ६१३ मतान्तरले अगाडि रहेका छन्।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत प्राप्त गरेका छन्। १ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्