झापा, बैशाख १२ । झापाको गौरीगञ्ज– २ आँपगाछीमा भारतबाट अबैध रुपमा ल्याइएको ८८ बोरा मकैसहित एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकै लोड भएको मे १ त ७११० नम्बरको ट्रयाक्टरलाई मंगलवार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले रोक्न खोज्दा चालक भागेर फरार भएका थिए ।

उक्त गाडीलाई चेकजाँच गर्दा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मूल्य ९६ हजार ८०० बराबरको मकै फेला परेको थियो । ४ लाख मूल्य बराबरको ट्रयाक्टरसहित सामानलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्