झापा, बैशाख १३ । मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन् ।

वैशाख ६ गते मिक्लाजुङ-३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको हो । कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ ती बालिकालाई वैशाख ११ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूलाई सोमबार नियन्त्रणमा लिई मंगलबार ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पीडित बालिकाको उपचार विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्