झापा, बैशाख १६ । वीरता जेसीजले झापाको अर्जुनधारा ५ स्थित सार्वजनिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ ।

विपन्न वर्गका अभिभावकका छेराछोरीहरु अध्ययनरत त्यस विद्यालयका ६३ जना विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । अर्जुनधारा ५ का वडाध्यक्ष गिताराम खड्काको प्रमुख आतिथ्य तथा वीरता जेसीजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्का ,वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा ,विद्यालयका प्रधानाध्यापक मेघनाथ भट्टराईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अर्जुनधाराका पूर्व जनप्रतिनिधि भास्कर भट्टराई , विद्यालय व्यवस्थापन समितिका सदस्य सरस्वती आलेको पनि आतिथ्य रहेको थियो ।

अध्यक्ष चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक शत्रुधनप्रसाद गुप्ताले गरेका थिए । घनश्याम ढुंगानाले आस्था वाचन गरेको कार्यक्रमको संचालन कनुनी सल्लाहकार लोकचन्द श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्