झापा, बैशाख १६ । मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा प्रा. डा. रुपक खनाल चयन भएका छन् ।

सञ्जालको आज बिर्तामोडमा भएको तेस्रो अधिवेशनले खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविता बास्तोला, सचिव दिपक दास ,सहसचिव कुमार चुडाल र कोषाध्यक्षमा मिरा भट्टराई चयन भएका छन् । त्यस्तै , सदस्यहरुमा रणदेव हजाम , रन्जन धमला , राजनारायण शाह , चन्चला सुब्बा ,विकास कोइराला , नरेश खाती , ज्ञानु थापा , चन्द्र चुडाल र यज्ञ कडरिया रहेका छन् । पछि एकजना सदस्य मनोनित गरिने जनाइएको छ ।

सञ्जालका अध्यक्ष विष्णु खरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले मानवअधिकार उल्लंघनका घटनामा कमी ल्याउन सबैजना लाग्नुपर्ने बताएका थिए । त्यसका लागि मानव अधिकारको चेतना फैलाउन आबश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा पुराना मानव अधिकारकर्मी सूर्य उप्रेतीलाई सम्मान गरिएको थियो । उपाध्यक्षमा कविता बास्तोलाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव प्रा. डा. रुपक खनालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्