एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ ।

यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ । जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प रहेको थियो। यसका लागि सामान्यतया पति वा पत्नी वा सम्बन्धित केटी साथीको सहमति आवश्यक पर्दछ । मन्त्रालयले र स्वास्थ्य अधिकारीहरूलाई एक सूचना जारी गर्दै बेलायती औषधि कम्पनी ‘लाइन फार्मा’ले बनाएको औषधिलाई स्वीकृति दिएको जनाएको छ । औषधि निर्माताले आफ्नो उत्पादन, मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको दुई चरणको उपचार, डिसेम्बरमा जापानमा स्वीकृतिको लागि पेश गरेको थियो।

सन् १९८८ मा पहिलो पटक गर्भपतनको चक्कीलाई स्वीकृति दिएको फ्रान्स र सन् २००० देखि उपलब्ध हुँदै आएको संयुक्त राज्य अमेरिकालगायत थुप्रै देशमा पनि यस्तै औषधि उपलब्ध छ । नौ हप्तासम्मको गर्भ फाल्नका लागि यो चक्कीको स्वीकृति मन्त्रालयको प्यानलको अनुमोदनपछि गरिएको थियो । हजारौं सार्वजनिक रायहरू प्रस्तुत भएपछि यसलाई एक महिनाका लागि स्थगित गरिएको थियो । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार गर्भपतनको चक्की र चिकित्सकीय परामर्शको कुल लागत करिब एक लाख येन (७०० अमेरिकी डलर) हुनेछ । गर्भपतनलाई सार्वजनिक स्वास्थ्य बिमाले समेटेको छैन।

अहिले जापानमा चिरफार विधिद्वारा हुने गर्भपतनका लागि एक लाखदेखि दुई लाख येनसम्म खर्च हुन सक्छ । मिफेप्रिस्टोन हालैका हप्ताहरूमा अमेरिकी अदालती लडाईंको केन्द्रमा रहेको छ । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको व्यापक रूपमा प्रयोग हुने औषधिको पहुँचलाई अस्थायी रूपमा सुरक्षित राखेको छ । उक्त अदालतले तल्लो अदालतहरूको निणर्यलाई रोक लगाएको छ जसले यसको उपलब्धतालाई प्रतिबन्धित वा कडा रूपमा प्रतिबन्धित गरेको थियो । जापानका अभियानकर्ताहरूले पनि बिहान-पछिको चक्कीको राम्रो पहुँचको लागि जोड दिइरहेका छन्, जसले गर्भावस्थालाई रोक्छ । जापानमा हाल चिकित्सकको अनुमतिबिना आपतकालीन गर्भनिरोधक खरिद गर्न पाइँदैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्