झापा , बैशाख १८ । उदयपुरको चौदण्डिगढी नगरपालिका-९ मा हायस गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार बेलुका पौने ७ बजे मदन भण्डारी लोकमार्गमा बा ४ ख ६३१२ नम्बरको हायसले ठक्कर दिँदा पैदलयात्री चौदण्डिगढी-९ का ६० वर्षीय ललितकुमार पन्जियारको मृत्यु भएको छ । गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । यता गाडी र चालक सप्तरी कन्चनरुप नगरपालिका-१२ का रमेश पौडेललाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्