झापा , बैशाख १८ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका-९ निवासी २८ वर्षीय अरुण दनुवार, सोही ठाउँका २३ वर्षीय आश्विन राई, कमल गाउँपालिका-६ निवासी २५ वर्षीय न्युसन राई र दमक-२ निवासी २० वर्षीय अभिषेक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक-९ मा आइतबार बेलुका लागूऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अरुण र आश्विन बसेको कोठाबाट ३ सय मिलिग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र नगद ६० हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो । त्यस्तै प्रहरीले दमक-१ बाट न्युसन र अभिषेकलाई ८ सय मिलिग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजुसहित पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्