झापा, बैशाख १८ । साना निर्माणकर्मी संघ झापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

बिर्तामोड ४ स्थित आफ्नै कार्यालयमा कार्यक्रम गरी संघले श्रमिक दिवस मनाएको हो ।संघका अध्यक्ष केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति शम्भु भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा रास्वपाका बिर्तामोड नगर सभापति भण्डारी , उपसभापति निर्मला खतिवडा , साना निर्माणकर्मी संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार सन्तोष राजवंशी(राजु)लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संचारकर्मी इन्द्रसिंह राजवंशीले गरेका थिए ।

त्यस्तै बिर्तामोडस्थित जयमाता ट्रेडर्सले श्रमिक दिवसका अवसरमा एकजना श्रमिकलाई सम्मान गरेको छ । जयमाता ट्रेडर्सका प्रोप्राइटर रमेश नेपालले श्रमिक भेलु राजबंशीलाई खादा ओढाएर नगदसहित कपडा र खानेकुराका साथ सम्मान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्