झापा, बैशाख २० । आज विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘ विण्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निणर्य गरेको थियो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गर्छन् । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता स्मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्