झापा , बैशाख २० । मोरङबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेको छ ।

विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ७१ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय निमेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्