भद्रपुर, बैशाख २० । ३२ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा ६० जना जेष्ठ नागरिक तथा असल बुहारीलाई सम्मान गरिएको छ ।


जेष्ठ नागरिक समन्वय समिति भद्रपुरद्वारा बुधवार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाबाट २–२ जना जेष्ठ महिला तथा पुरुषसहित ४ जना र २ जना असल बुहारी गरी ६० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेललगायतले जेष्ठ महिलाहरुलाई साडी, चोली र पुरुषहरुलाई छाता, दौरा सुरुवालको कपडा तथा असल बुहारीलाई कुर्थासुरुवालको कपडासहित प्रशंसापत्र तथा यातायात खर्च समेत प्रदान गरी सम्मान गरेका थिए ।


समिति अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की , जेष्ठ नागरिक समिति वडा नं ९ का संयोजक ईश्वर पोखरेल,समितिका कार्यवाहक जिल्ला अध्यक्ष ईश्वरी तिम्सिना,राजेन्द्र चापागाई , भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम दाहाललगायतले शुभकामना मन्तब्य दिदै जेष्ठहरुको सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।हरिकिशोर आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव शंकर गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्