झापा, बैशाख २१ । प्रतिबन्धित लागूऔषध गाजासहित २ जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

आज बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले ठूलो परिणाममा गाजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटुवाललाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाजा बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए । धरानको शिवधारामा सवारी चेकिङका क्रममा गाजासहित थापा र कटुवाललाई नियन्त्रणमा लिएको उनले बताए । धनकुटाको सहिदभूमी गाउँपालिका र पाख्रीबास नगरपालिका क्षेत्रमा उत्पादन हुने गाजा तस्करहरुले सुनसरी र मोरङ हुँदै भारततर्फ तस्करी गर्ने गरेका छन् । बरामद गाजा, ट्रक र तस्करीमा सम्लग्न दुबैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यलय धरानलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए । उनले धरानको बाटो प्रयोग गर्दै लागूऔषध र चोरी तस्करीको सामान ओसारपसार गर्ने गरेकाले चौबिसै घण्टा सशस्त्र प्रहरी परिचालन गरी अबैध गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा मजबुत पारिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्