झापा , बैशाख २१ । मोरङको लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक मोरङको पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ-६ का ५५ वर्षीय रुद्र लम्सालको धरानमा उपचार भइरहेको छ । गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्