झापा , बैशाख २२ । इलामको रोङ गाउँपालिका ४ भालुझोडामा बस पल्टिदा २६ जना घाइते भएका छन् । घाइते हुनेहरु अधिकांश महिला छन् ।

शुक्रवार दिउँसो ४.४५ बजे रोङ गाउँपालिका ४ भालुझोडास्थित मेची राजमार्गमा कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नं. को बस व्रेक फेल भइ सडकको छेउमा रहेको कालिमन्दिरमा ठोक्किन गई दुर्घटना भएको थियो । दुर्घटनामा बसमा सवार ३२ जनामध्ये चालकसहित २६ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि बिएण्डसि हस्पिटल बिर्तामोड ल्याइएको छ ।

घाइते हुनेहरुमा मोरङ रंगेली २ बस्ने वर्ष ४० की मञ्जु सरदार ( टाउकोमा चोट, बोल्न सक्ने ),सोही ठाउँ बस्ने वर्ष ३६ की रिना गडेरी ( दुवै हात भाँच्चिएको ), वर्ष ४८ की देविका कार्की ( टाउको र बायाँ कुममा चोट, बोल्न सक्ने ), वर्ष ५० की शर्मिला पाठक ( टाउको र निधारमा चोट, बोल्न सक्ने ), वर्ष ५२ की विनिता मिश्र ( निधारमा चोट , सामान्य ), वर्ष ३८की शर्मिला रिजाल ( दाहिने खुट्टामा चोट, सामान्य ), वर्ष ६५ की भद्रमाया खड्का ( दाहिने हातमा चोट, सामान्य ),वडा नं २ बस्ने वर्ष ६१ की मुनेश्वरी खड्का ( दाहिने खुट्टामा चोट, सामान्य ), वडा नं ९ बस्ने वर्ष ५८ की सिता कोइराला ( वायाँ खुट्टामा चोट, सामान्य ),वडा नं २ बस्ने वर्ष ६५ की राधा भुजेल ( वायाँ आँखामाथि चोट, सामान्य ),सोही ठाउँकी वर्ष ५२ की शान्ति गडेरी ( छातीमा चोट, सामान्य ),वडा नं ७ बस्ने वर्ष ६० की सुकनीदेवी मण्डल ( छातीमा चोट, सामान्य )वडा नं ९ बस्ने वर्ष ३६ की मालती मुखिया ( वायाँ खुट्टा भाँच्चिएको, वोल्न सक्ने ), वर्ष ३३ की आशा झा ( मुख र खुट्टामा चोट, सामान्य ), वर्ष २२ की राजकुमारी राय (निधारमा चोट सामान्य ),वडा नं ७ वस्ने वर्ष ४५ का नन्दकिशोर मण्डल ( मुख र दाहिने हातमा चोट, सामान्य ), वर्ष ४० की ममतादेवी मण्डल ( टाउकोमा चोट , सामान्य ),वडा नं ८ वस्ने वर्ष ५० की लक्ष्मी आचार्य ( टाउकोमा चोट , सामान्य ),वडा नं ७ बस्ने वर्ष ३५ की दुर्गा गिरी ( टाउको र खुट्टामा चोट , सामान्य), वडा नं ८ वस्ने वर्ष ४८ की मञ्जु कठेत ( नाकमा चोट, सामांन्य ), वर्ष ३५ की कमला कार्की ( निधार र टाउकोमा चोट, सामान्य ), वर्ष ४१ की रिता खतिवडा ( वायाँ खुट्टामा चोट, सामान्य ), वर्ष ६० की पदममाया खड्का ( टाउकोमा चोट, सामान्य ) , वर्ष ६१ की देवीमाया खरेल ( वायाँ आँखामाथि चोट, सामान्य ), वर्ष ५० की लक्ष्मी राजवंशी ( अनुहारमा चोट, सामान्य ) र रतुवामाई ८ वस्ने चालक वर्ष ३५ का राजकुमार राई ( छातीको भित्री भागमा चोट सामान्य ) रहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । घाइते हुनेहरु मोरङबाट इलाम घुम्न गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्