एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

शनिबार एक बन्दुकधारीले मलमा सामान खरिद गरिरहेका ग्राहकमाथि अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चलेपछि प्रहरीले सयौंजनालाई मलबाट बाहिर निकालेको थियो । आक्रमणमा परेकामध्ये केही बालबालिका रहेको जनाइएको छ । घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ भने तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । एक तथ्यांकअनुसार यो वर्षमात्रै अमेरिकामा १९८ वटा बन्दु आक्रमणका घटना भएका छन् । गन भ्वाइलेन्स अर्काइभका अनुसार सन् २०१६ यता यस वर्ष सबैभन्दा धेरै बन्दु आक्रमणका घटना घटेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्