झापा, बैशाख २४ । झापाको सुरुङ्गामा श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

कनकाई नगरपालिका– ३ सुरुङ्गामा ४५ बर्षिया श्रीमती सुनिता कार्कीको कुटाईबाट उनका श्रीमान् ५३ बर्षिय टेकबहादुर कार्कीको ज्यान गएको हो । प्रहरीका अनुसार गत बैशाख ८ गते श्रीमती सुनिताले शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा श्रीमान् टेकबहादुर सख्त घाईते बनेका थिए । आज विहान घाईते कार्कीको मृत्यु भएको हो ।

मृत्युपछि सुनितालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । सुनिता र टेकबहादुरबीच गत बैशाख ८ गते बेलुका घरायसी विवाद हुँदा सुनिताले कुटपिट गरेकी थिइन् । कुटाइबाट घाईते भएका कार्कीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारपश्चात् घर ल्याएकोमा आज बिहान ७ बजे घरैमा मृत्यु भएको थियो । डेरा गरी बस्ने कार्की दम्पत्ती दुबै जना ज्याला मजदुरी गरि परिवार पाल्दै आएका थिए । टेकबहादुरको शवलाई पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्