बिर्तामोड, बैशाख २६। झापामा एक सातामा २९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

आपराधिक घटनामा संलग्न फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका हुन् । यसक्रममा सोमवार मात्र चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका ६ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको उनले बताए । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तान बाँकी रहेका २ जना प्रतिवादीहरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको र जरिवाना तोकिएको प्रतिवादीहरुलाई जरिवाना रकम बुझाउन लगाई छाडिएको डीएसपी रिजालले जानकारी दिए । जघन्य आपराधिक मुद्दामा फरारसहित लागूऔषध कारोवारमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरिएको रिजालको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्