झापा , बैशाख २८ । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ हाडेबासमा भीषण आगालागी भएको छ ।

बिहीबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा हालसम्म आठ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । आगलागी नियन्त्रणमा आइ नसकेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । घटनालगत्तै त्रियुगा,चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल,स्थानीय र प्रहरी परिचालन हुँदासमेत नियन्त्रणमा आउन नसकेको उनले बताए । आगो नियन्त्रणको प्रयास भइहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्