झापा , बैशाख २९ । उदयपुरको सदरमुकाम गाईघाटबाट ८ केजी गाँजासहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले बिहीबार शंकास्पद देखिएका रौतामाई गाउँपालिका ८ का ४९ वर्षीय डिकबहादुर लुङेली मगरलाई चेकजाँच गर्दा ८ केजी ५८१ ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । पक्राउ परेका डिकबहादुरलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्