झापा , बैशाख २९ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटक-पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए । उनी अविवाहित हुन् । विसं २०६२ र ६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्