झापा , बैशाख २९ । झापाको बिर्तामोडमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै सवारी चालक गंभीर घाइते भएका छन् ।

बिर्तामोड ५ स्थित बुट्टावारी चिया बगाननजिकै पूर्व–पश्चिम राजमार्गमा अहिले राति सवा ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–०१३प८९९४ नं को मोटरसाइकल र विपरित दिशाको मे ७ प २५४३ नं को अर्को मोटरसाइकल एकापसमा जुधेका थिए ।

दुर्घटनामा प्र २–०३–०१३प८९९४ नं को मोटरसाइकलका चालक बिर्तामोड ५ बस्ने २० वर्षिय रोशन उप्रेती र मे ७ प २५४३ नं को मोटरसाइकलका चालक कन्काई नगरपालिका ३ बस्ने १९ वर्षिय लिङ्मा लिम्बू घाइते भएका हुन् । घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्