झापा, जेठ १ । झापामा दुई नाबालकसहित ५जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्धाहरुमा फरार रहेका दुई नाबालकसहित ५ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतवार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसलाअनुसार बन्यजन्तु चोरी मुद्धामा ६ महिना कैद र रु १० हजार जरिवाना भई फरार रहेका कचनकवल गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय शेरबहादुर तामाङ भन्ने संजिब तामाङ, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्धामा ८ महिना कैद र रु १० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.४ बस्ने १८ वर्षिय सांकेतिक नाम “मानस”, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्धामा १ बर्ष कैद र रु २० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २० वर्षिय सांकेतिक नाम “ संसार ” , झापा जिल्ला अदालतको मिति २०७३ जेठ १३ गतेको फैसला अनुसार मोटरसाइकल चोरी मुद्धामा १ महिना १५ दिन कैद र रु ३ लाख १४ हजार ८५० जरिवाना भई फरार रहेका कन्काई नगरपालिका वडा नं.७ बस्ने ३१ वर्षिय सुरज चौधरी र झापा जिल्ला अदालतको मिति २०७८ पुष ७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा १ महिना कैद र रु २ हजार जरिवाना भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ४२ वर्षिय जिबनकुमार लामा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्