बिर्तामोड, जेठ ३ । हिजो दिउँसो परेको असिनापानीले बिर्तामोडमा क्षति पुर्याएको छ ।

पूर्वपश्चिम राजमार्ग आसपास मात्र परेको असिनापानीले बिर्तामोडको वडा नं १ , ४, ५ र ६ मा क्षति पुर्याएको हो । करिब २५० ग्रामसम्मको असिनाले लागेर घर र गाडीको सिसा फुटेका छन् ।

असिनाले लागेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा पनि क्षति पुगेको छ । असिनाले कार्यालयको जस्ताको पाता दुलो परेको डीएसपी सुरज कार्कीले बताए । त्यस्तै असिनापानीले बालीनालीमा पनि क्षति पुगेको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । उनले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । यसअघि गत चैतको दोस्रो साता परेको असिनापानीले पनि बिर्तामोडमा निकै क्षति गरेको थियो । मंगलवार दिउँसो बिर्तामोडमा मात्र असिनापानी परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्