झापा, जेठ ४ । सगरमाथा क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो । लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्