बिर्तामोड,जेठ ५ । यही जेठ १५ गते हुन लागेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि देवेन्द्र सिटौलाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिको सदस्य रहेका सिटौलाले स्वतन्त्र–प्रगतिशील समूह नामक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कार्यसमिति सदस्य जितेका कांग्रेस कार्यकर्ता सिटौला यसपटक भने नेकपा एमालेको सहयोगमा उम्मेदवार बनेका हुन् ।

उनको प्यानलबाट उपाध्यक्षमा प्रदिप खरेल,सचिब बिष्णुप्रसाद चुडाल,कोषाधक्ष बिनिता राजवंशी,खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ, रमेश उप्रेती ,महिला सदस्यमा तारा राई, पुनम अधिकारी लिम्बू र सीमा सिलवाल उम्मेदवार बन्ने भएका छन् । संस्थाको विधानअनुसार एमालेका कुनै पनि कार्यकर्ता अध्यक्षको उम्मेदवार बन्नसक्ने मापदण्ड नपुगेपछि एमालेले सिटौलालाई उठाएको बताइएको छ । निर्वाचन कार्यक्रम अनुसार आइतवार मनोनयन दर्ता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्