झापा, जेठ ५ ।इलाममा आत्महत्या गर्न खोज्ने बिर्तामोडका एक युवकलाई प्रहरीले उद्धार गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं ७ बस्ने ३५ बर्षिय युवकले इलाम नगरपालिका ७ स्थित चिया बगानमा रहेको हावा महलमा नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्ने प्रयास गरेका थिए ।स्थानीयले देखेर जिल्ला प्रहरी कार्यालय इलाममा फोनमार्फत जानकारी गराउनसाथ तत्काल प्रहरी टोली खटिई गई डोरीसहित उनलाई उद्धार गरिएको हो । उनलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

उनलाई सोधपुछ गर्दा घरायसी समस्याका कारण आत्महत्या गर्न खोजेको बताएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक बिपन बिश्वकर्माले जानकारी दिए । उनले ती युवकको आफन्तलाई खबर गरी बुझाउनको लागि पहल भईरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्