एजेन्सी । साउथ सुपरस्टार थलापति विजयको जबर्जस्त फ्यान फलोइंग छ ।

नृत्य, अभिनय र एक्सनमा अब्बल मानिने उनका एकपछि अर्को फिल्म बक्सअफिसमा सफल भैरहेका छन् । यसैले उनले पारिश्रमिक पनि हरेक फिल्म हिट भएपछि बढाउँदै आएका छन् । केही दिनयता उनले एक फिल्मका लागि २ सय करोड पारिश्रमिक बुझेको भन्ने चर्चाले मिडिया र सामाजिक सञ्जाल व्यापक तातेको छ । तर, उनले २ सय करोड पारिश्रमिक लिएको भन्ने चर्चामा सत्यता नभएको इन्डिया टूडे डट इनले उल्लेख गरेको छ । विजय निकट एक व्यक्तिको भनाईलाइ उदृत गर्दै इन्डिया टूडेले लेखेको छ, ‘विजय देशको हाइएस्ट पेड एक्टरमध्ये एक हुन् । तर, उनले एउटा फिल्मका लागि २ सय करोड भने लिँदैनन् । ‘वारिसु’को सफलतापछि उनले प्रति फिल्म बापत १ सय २० करोड लिने गरेका छन् ।’ ती व्यक्ति अगाडि भन्छन्, ‘उनको फिल्मको बक्सअफिस प्रदर्शन तथा डिजिटल-स्याटेलाइट राइट्सलाई ध्यानमा राख्दै निर्माताहरु विजयलाई आकर्षक पारिश्रमिक दिन तयार छन् । उनले फिल्म सफलताको ग्यारेन्टी दिन सक्छन् भन्ने विश्वास निर्माताहरुलाई छ । यसैले मेकरहरु पारिश्रमिकमा रिक्स लिन तयार छन् ।’ विजयले चाँडै निर्देशक लोकेश कनगराजको नयाँ फिल्ममा काम गर्दैछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्