बिर्तामोड, जेठ ८ । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया आज खाली गराउने भएको छ ।

आज मध्यान्ह १२ बजे बुधवारे हटिया खाली गर्ने गरी तयारी गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले व्यापारी आफैलाई टहरा भत्काउन लगाउने विषयमा पहल भइरहेको बताउँदै नभत्काए डोजर प्रयोग गरिने जानकारी दिए ।

टहरा हटाउने विषयमा व्यापारीहरुले विवाद गरेपछि नगरपालिकाले प्रहरी प्रशासनको सहयोग लिने भएको हो । डेढ सयभन्दा बढी सुरक्षाकर्मीलाई तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । ‘इलाका प्रहरी कार्यालय , जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई त्यहाँ खटाइने छ’ उनले भने,‘त्यहाँ पुगेपछि परिस्थिति हेरेर बल प्रयोग गर्ने निर्णय गर्छौ ।’ बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटकपटक सूचना जारी गरिसकेको छ । दुई दिनअघि माइकिङसमेत गरिएको थियो ।
बिर्तामोडका राजनीतिक दलहरुको सहमतिमा नगर कार्यपालिकाले सो क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्