बिर्तामोड ,बैशाख ८ । झापा बिर्तामोड नगरपालिका वडा न.–९ बद्रीबारी निबासी कांग्रेसका पुराना नेता सम्पतलाल राजवंशीको निधन भएको छ।

उनको निजी निवासमा आज बिहान निधन भएको छोरा नकुल राजवंशीले जानकारी दिए। हिजो बेलुका खाना खाएर सुतेका राजवंशीको आज बिहान उठाउन जाँदा सुतेकै ओछ्यानमा निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।

नब्बे बर्षिय राजबंशी निकै अगाडीदेखि अस्वस्थ थिए। उनको कम्मरमुनि खुट्टामा साईकलबाट लडेर भाच्चिएपछि लामो हिडडुल गर्न कठिनाई भएको थियो । सम्पतलाल पूर्व जनप्रतिनिधि समेत हुन्।राजवंशीको आजै कन्काई आर्यघाटमा अन्त्येष्टि गरिने छोरा नकुलले जानकारी गराए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्