झापा , जेठ ८ । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुईजना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवैजनाले आफूले गरेको सो अपराध स्विकार गरेका छन् । गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।