झापा , जेठ ८ । खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो । ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्