झापा , जेठ १० । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ भद्रपुर-६ का वडा सभापति अभय साफी (रजक)ले पार्टी परित्याग गरेका छन् ।

काँग्रेसका क्रियाशील सदस्य समेत रहेका रजकले एक सूचना जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । रजक काँग्रेस छाडेर नेपाल स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाइएको छ । काँग्रेस पार्टीभित्र भएको गुटबन्दी, नातावाद, कृपावाद, पुजिवाँदले गर्दा युवाहरूमा निराश छाएकोले पार्टीमा आबद्ध रहिरहन उचित नठानिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्