झापा , जेठ १० । नेपालको ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औँ स्थानमा रहन सफल भएको छ ।

केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औँ स्थानमा परेको हो । म्यागमा विश्वएभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्नेगर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औँ स्थानमा प्रवेश पाएको थियो ।

यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ । उनका अनुसार छनोटका लागि विश्वभरबाट पाँच सय क्लब सहभागी भएका थिए । गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्याङ्किङ सार्वजनिक गरेको हो । विश्वकका सय वटा उत्कृष्ट भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,’ श्रेष्ठले भने, ‘टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ । क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ ।’

एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ । क्लब तीन वर्षअघि स्थापना भएको हो । ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको क्लबमा एकसाथ २५ सय मानिस अट्न सक्ने क्षमता रहेको छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् । क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ जस्ता अन्य कलाकारले प्रस्तुती दिइसकेका छन् । रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्