झापा , जेठ १२ । हल्दिबारी गाउँपालिकाका धेरै गाईवस्तुमा लम्पी स्किन रोगको लक्षण देखिएको छ ।

लम्पी स्किन रोग ( Capripox Virus) को कारणले गाईभैँसीमा लाग्ने संक्रामक रोग हो।
जेठ महिनामा मात्रै किसानहरूले १५० भन्दा बढी पशुहरू उपचारका लागि ल्याएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिइन्। हल्दिबारीको वडा नं ४ मा सबैभन्दा धेरै यो रोगका लक्षण भएका गाईवस्तु भेटिएको पनि उनले बताइन्।

संक्रमण फैलिएको छोटो समयमा ३ वटा बाछाबाछी र एउटा गाई मरिसकेका छन् भने केही गाई÷ बाच्छाको अवस्था जटिल रहेको पनि श्रेष्ठले जानकारी दिएकी छन्। विशेष गरी यो रोग गाईमा अझै धेरै देखिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्