एजेन्सी । लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन् ।

शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् । खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे । खेलमा पीएसजी १-१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले रेकर्ड ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ । यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नुका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो । उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्