मेचीनगर, जेठ १४ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा नयाँ नेतृत्व चयन भएको छ ।

आगामी साउनदेखि सुरु हुने चारबर्षे कार्यकालका लागि एनएमसीको अध्यक्षमा मेचीनगर ६ का ठाकुरप्रसाद सिवाकोटी चयन भएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा बिर्तामोड ४ का भगवती घिमिरे मैनाली, उपाध्यक्षमा मेचीनगर ६ का विष्णु गौतम, सचिवमा कनकाई ३ का विकासप्रसाद उप्रेती र सहसचिवमा भद्रपुर १० का अम्बिकाप्रसाद ढकाल निर्विरोध भएका छन् ।
संस्थाको सञ्चालक समिति सदस्य पदमा मेचीनगर ६ का राजु उप्रेती, मेचीनगर १० का पवित्रा न्यौपाने, बिर्तामोड १ का हरिप्रसाद आचार्य र अर्जुनधारा ३ का कुन्तादेवी खनाल निर्विरोध चयन भएका छन् ।
निर्वाचन सचिवालयले प्रकाशन गरेको निर्विरोध निर्वाचित भएको सूचना अनुसार कचनकवल ६ का तोमप्रसाद भट्टराई, भद्रपुर ७ का सीताकुमारी श्रेष्ठ, शिवसताक्षी ११ का दुर्गाप्रसाद भट्टराई र कनकाई १ का सावित्रा दाहाल निर्विरोध चयन भएका छन् ।

संस्थाको ३० वर्षे जीवनकालमा विस्तारित कार्यक्षेत्रबाट पनि सञ्चालक समितिमा जिम्मेवारी प्रदान गरिएको छ । पहिलोपटक कानेपोखरी ५ मोरङका प्रेमप्रसाद मैनाली र सूर्योदय १० इलामका देवीप्रसाद उप्रेतीले सञ्चालक समिति सदस्य बन्ने अवसर पाएका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिर्तामोड १ का रचना दाहाल निर्विरोध भएकी छन् । समितिका दुईजना सदस्यमा मेचीनगर ६ का एकेन्द्र उप्रेती र मेचीनगर ६ कै फाल्गुनी दाहाल पनि निर्विरोध भएको निर्वाचन समितिका संयोजक हरिचरण सिवाकोटीले जारी गरेको सूचनामा जनाइएको छ ।
संस्था स्थापनादेखि लगातार ३० वर्ष अध्यक्षको जिम्मेवारीमा रहेका रामचन्द्र उप्रेतीले अब नेतृत्व हस्तान्तरण गर्दै विश्राम लिने तयारी गरेका छन् । सञ्चालक समितिमा ६ जना नयाँ अनुहार प्रवेश गरेका छन् भने बाँकी ९ जना जिम्मेवारी परिवर्तनसहित दोहोरिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्