झापा,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा झापा कारागारका १५ कैदीलाई कैद मिनाहा गरिएको छ ।

कैद माफी पाउनेहरुमा एक महिला र १४ पुरुष छन् । चोरी , सवारी ज्यान , डाका , बहुविवाह, कर्तव्य ज्यान र लागू्औषध अभियोगमा कैद सजाय भोगिरहेका १५ जनाले कैद माफी पाएको कारागार प्रमुख मोहन पनेरुले बताए । उनले झापा कारागारबाट २१ जनाको नाम सिफारिस गरिएकोमा त्यतिजनाको कैद मिनाहा भएको जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्