झापा , जेठ १५ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो रिहाइ अकस्मात् र सुनियोजित नभएको बताएका छन् ।

उनले आफ्नो रिहाइलाई स्वाभाविक रूपमा लिए पनि यो निकै ढिला भएको टिप्पणी गरेका हुन् । रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौधरीले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ उनले टिकापुर घटना दुर्भाग्यपूणर् भएको बताउँदै सो घटना टिकापुरवासीले चाहेर घटेको घटना नभएको स्पष्ट पारे । उनले टिकापुर घटनाबारे धेरै मानिसहरू गुमराहमा रहेको बताउँदै यो रहस्यमय घटना भएको जिकिर गरे । उनले यस घटनामा पूणर् रुपमा थारुहरूको संलग्नता नरहेको र यसका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गरे । यस घटनाको निराकरणका लागि सरकार र राजनीतिक दलहरूले ध्यान नदिएको गुनासो गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्