झापा, जेठ १५ । पाँचथर प्रहरीले सदरमुकाम फिदिम-१ को एउटा होटलबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

Referance image

मेनरोडमा सञ्चालनमा रहेको याङनाम होटलबाट पक्राउ परेकाहरुको साथबाट ५७ हजार रुपैयाँ नगद र ठूलो परिमाणको तास बरामद गरेको जिल्ला प्र्रहरी कार्यालय पाँचथरका प्रहरी निरीहक्षक दिवस कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालकसहित ९ जना रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका ९ जनाकै स्वास्थ्य परीक्षण गरेर अनुसन्धान सुरु गर्नका साथै मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्