कचनकवल , जेठ १७ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण कचनकवल गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ।

कचनकवल गाउँपालिकामा रहेका सामुदायिक विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। जेठ १८ देखि २२ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।


कचनकवलमा रहेका सम्पूर्ण विद्यालय सोमबारसम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
अत्यधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा कचनकवल गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गरिएको हो । अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन थालेपछि ५ दिनका लागि बर्षे विदाबाट कट्टा हुनेगरी बन्द गरिएको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्