झापा , जेठ १८ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका झापाका चारवटा पालिकाका विद्यालयहरुमा आजदेखि विदा दिइएको छ ।

कचनकवल , मेचीनगर , भद्रपुर र हल्दिवारीले आफ्ना पालिकाभित्रका विद्यालयहरुमा आजदेखि विदा दिएका हुन् । कचनकवल र हल्दिवारीले पाँच दिनसम्म तथा मेचीनगर र भद्रपुरले आज र भोलि दुई दिनसम्म विदा दिएका हुन् ।

त्यस्तै बिर्तामोड , बाह्रदशी ,गौरादह र झापा गाउँपालिकाले भोलिदेखि विदा दिन लागेका हुन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खेविदाबाट कट्टा हुनेगरी विद्यालय विदा दिइएको पालिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्