झापा, जेठ १९ । खोटाङको दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका-१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाट खसेर मृत्यु भएको हो । बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्