झापा, जेठ १९ । इलाममा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका-२, चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । दिपकले जेठ ८ गते अंशबण्डाको विषयमा विवाद भई कुटपिट गर्दा लोकबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्