झापा, जेठ १९ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले दिउँसो १.३० बजेतिर बाटो क्रस गर्दै गरेका पैदलयात्री स्थानीय ६५ वर्षिय बलबहादुर बस्नेतलाई ठक्कर दिएको थियो । टाउको र अनुहारमा चोट लागेर बोल्न नसक्ने गम्भीर घाइते उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा ल्याइएको थियो । उपचारका क्रममा उनको दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक गौरादह ४ का ३० वर्षिय संदेश तुम्बापो इलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्